समाचार

ऐनापहरामा बस दुर्घटनापछि जिल्ला सुरक्षा समिति र स्थानीय निकायद्वारा स्थलगत अवलोकन, सुधारका लागि निर्देशन

तनहुँ, साउन २० — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा मिति २०८२ साउन १८ गते पार्किङ गरिएको बस आफैँ गुडी सडकबाट तल मर्स्याङ्दी नदी किनारमा खस्दा केही यात्रुहरू घाइते भएका थिए । दुर्घटनामा ग २ ख १०७७ नम्बरको उक्त बसमा क्षति पुगेको थियो।

उक्त घटनापछि प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, डिभिजन सडक कार्यालय तनहुँका प्रतिनिधि तथा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुखसहितको टोलीले साउन १९ गते घटनास्थलको स्थलगत निरीक्षण गरेको हो।

स्थलगत निरीक्षणपश्चात् निम्न सुधारात्मक निर्देशनहरू जारी गरिएको छ:

  1. पार्किङ स्थलको पुनःनिर्माण:
    ऐनापहराको पार्किङ स्थल सडकभन्दा अग्लो भएकाले सवारी साधन आफैँ पछाडि हट्न सक्ने सम्भावना रहेको हुँदा उक्त स्थललाई सडकभन्दा होचो बनाइ संभावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिइएको छ।
  2. ड्राइभरको ध्यान विचलन हुने गतिविधिमा नियन्त्रण:
    ऐनापहरास्थित पार्कका गतिविधिले पृथ्वी राजमार्गमा गुड्ने सवारी चालकको ध्यान तान्ने भएकाले सम्भावित दुर्घटना रोक्न पार्कको क्रियाकलापलाई नियन्त्रण गर्न पालिकालाई सुझाव दिइएको छ।
  3. ट्राफिक संकेत तथा संरचना सुधार:
    डिभिजन सडक कार्यालयले ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक ट्राफिक संकेतहरू अपडेट गर्ने र सडक छेउको confidence block मर्मत तथा सुधार गर्ने निर्देशन दिइएको छ।
  4. पार्क छेउको जमिन सम्याउने:
    ऐनापहरा पार्क छेउको जमिन सम्याउने तथा आवश्यक परेमा पुर्ने काम गरी क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत् यस्ता पर्यटकीय स्थलहरूसँग जोडिएका भौतिक संरचना र सुरक्षात्मक उपायहरूलाई सुदृढ बनाउन सबै सरोकारवाला निकायहरूलाई आआफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot