समाचार

दमौलीमा सडक विस्तारमा तिब्रता, नाली बाधक

नेपालको प्रमुख राजमार्गमध्ये एक पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत हाल दमौली क्षेत्रमा तीव्र निर्माण कार्य भइरहेको छ। करिब ८१ किलोमिटर लामो यो सडक विस्तार आयोजना एशियाली विकास बैंक (ADB) को सहयोगमा अगाडि बढाइएको हो। योजना अनुसार दुई लेन सडकलाई चार लेनमा विस्तार गरिनेछ, जसले पर्यटकीय नगरी पोखरा हुँदै पश्चिम नेपालतर्फको यातायातमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

दमौली बजार क्षेत्र बाहेक तनहुँ जिल्ला क्षेत्रमा पर्ने अधिकांश भागहरूमा निर्माण कार्य सम्पन्न भइसकेको छ ।

हाल दमौली क्षेत्रमा सडक चौडाइ, पर्खाल निर्माण तथा नाली व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। यो आयोजना मुलुककै महत्त्वपूर्ण पूर्वाधारमध्ये एक मानिन्छ, जसले गण्डकी प्रदेशको राजधानी पोखरा र राजधानी काठमाडौँबीचको दूरी र यात्रा समय घटाउने अपेक्षा गरिएको छ।

यस योजनाअन्तर्गत दमौली क्षेत्रको करिब ७ किलोमिटर सडक खण्डमा डोजर, एक्साभेटर, रोड रोलरलगायतका उपकरण प्रयोग गरी डाँडाकाँडो कटान र सम्याउने कार्य भइरहेको छ। दमौली बजार क्षेत्रमा भने ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ, स्थानीय बासिन्दा र व्यवसायीले धूलो र जामको गुनासो गर्दै आएका छन्।

योजना अनुसार सडकको चौडाइ ९ मिटर हुनेछ, जसमा ७ मिटर कालोपत्रे भाग र दुईतर्फी नाली रहनेछन्। साथै, आवश्यक स्थानमा ढल निकास, सुरक्षित मोड र पैदलमार्ग पनि निर्माण गरिनेछ। अहिलेका लागि सडकको एकतर्फको लेन खुला राखी वैकल्पिक ट्राफिक व्यवस्थापन अपनाइएको छ।

Click to visit Owner's page

दमौलीको केन्द्र विन्दु भोर्लेटार चोकमा रोडलाइ क्रस गरी नाली निर्माण गर्नुपर्ने भएकाले काममा केही ढिलाइ तथा जटिलता देखिएको छ । दमौलीबाट छुट्ने चारै तर्फकोको सवारी साधनको केन्द्रविन्दु रहकाले ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिएको छ ।

पार्किङ्गको व्यवस्था नहुँदा दमौलीबाट छुट्ने गाडीहरू बिच सडक मै पार्किङ्ग गरी यात्रु चढाउने तथा ओराल्ने गर्दा निर्माण कार्यमा थप बाधा सिर्जना भएको छ । नालीहरूको राम्रो निकासा नहुँदा ठाउँ ठाउँमा नालीका फोहोर पानी जम्मा भइ फोहोर र दुर्गन्धित हुँदै गएको देखिन्छ । पहिले देखि नै डेङ्गु रोगले पिडित व्यास नगरपालिका क्षेत्रमा यसरी नालीको पानी जम्मा भएपछि डेङ्गुको जोखिम थप बढेको छ ।

मादि नदीमा निर्माण भइरहेको सिग्नेचर ब्रिजको निर्माण कार्य पनि ६०/७० प्रतिशत सम्पन्न भएको छ । यस वर्षको मनसुन पनि नजिकिँदै गइरहेकाले मनसुन अगावै निर्माण सम्पन्न गरिसक्नु पर्ने देखिन्छ । तर निर्माण सम्पन्न हुन सक्ने सम्भावना एकदमै न्यून रहेको छ । किनभने निर्माणमा जति जनशक्ति लगाउनु पर्ने थियो त्यति जनशक्ति परिचालन गरिएको देखिँदैन ।

पुरानो पुल पनि अत्यन्त जीर्ण अवस्थामा रहेको छ । ठूला सवारी साधन आवतजावत गर्दा पुल ६ रेक्टर स्केलको भूकप्प गए बराबर हल्लिने गर्दछ । पुलको अवस्था हेर्दा यो पुरानो पुल नयाँ पुल निर्माण सम्पन्न हुने बेलासम्म पनि टिक्दैन कि झैं महशुस हुन्छ ।

पुलकै कारण पुल वरपरका क्षेत्रमा बाटो विस्तारको काम सुरू भएकै छैन । भत्केका पुरानै पिच देखिन्छ । काम कत्ति पनि भएको छैन । मादि पुल नजिकै रहेको माथि साँखरबाट झर्ने सानो खोलामा निर्माण गर्नुपर्ने पुल निर्माणको काम १० प्रतिशत पनि भएको देखिँदैन । खाली दायाँ बायाँको रिटेनिङ्ग वाल मात्र निर्माण गरिएको छ ।

निर्माण कम्पनी र जिल्ला प्रशासन कार्यालयले भने जनतालाई असुविधा कम गर्ने प्रयत्न भइरहेको बताएको छ। दैनिक निर्माणको प्रगति रिपोर्ट तयार गरी अनुगमन पनि गरिएको छ।

यो सडक विस्तारले पोखरा–काठमाडौँ यात्रा समय करिब १ घण्टा घटाउने अनुमान छ। साथै, पर्यटन र व्यापार प्रवाहमा समेत उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ। यद्यपि काम सम्पन्न नहुञ्जेलसम्म स्थानीयलाई धैर्य र संयम अपनाउन अनुरोध गरिएको छ।

समग्रमा दमौली क्षेत्रको निर्माण कार्यले हाल उल्लेखनीय गति लिएको देखिन्छ। यहाँ सडक चौडाइ विस्तार, नालीनिर्माण, ड्रेनेज व्यवस्थापन, र पर्खाल निर्माण लगायतका कार्यहरू भइरहेको छन्। केही खण्डमा डामरीकरणको काम समेत सुरु भइसकेको छ।

यद्यपि निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा र यात्रुहरू दैनिक धुलो, ट्राफिक जाम, र वैकल्पिक मार्गको अभाव जस्ता समस्याबाट गुज्रिरहेका छन्।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot