शिक्षासमाचार

श्री जलदेवी मा.वि.मा २ लाखको अक्षयकोष स्थापना

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १, भादगाउँस्थित श्री जलदेवी माध्यमिक विद्यालयमा शैक्षिक उत्तरदायित्व र सामाजिक चेतनाको सशक्त उदाहरण प्रस्तुत भएको छ। व्यास नगरपालिका वडा नं. १, अम्रेनी निवासी तथा हाल संयुक्त राज्य अमेरिकामा कार्यरत बसन्त पौडेलले आफ्ना पिता स्वर्गीय रूद्रनाथ पौडेलको स्मृतिमा तथा माता देवका पौडेलको सम्मानस्वरूप विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो।

उक्त अक्षयकोषको नाम “रूद्रनाथ देवका पौडेल अक्षयकोष” राखिएको छ। अक्षयकोषदाता पौडेलका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवका अवसरमा अत्यन्त न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा प्रदान गरिनेछ। छात्रवृत्ति वितरणमा छात्रालाई प्राथमिकतामा राखिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

अक्षयकोष सम्झौता पत्रमा हस्ताक्षर गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर वस्नेत

आर्थिक अभावका कारण शैक्षिक निरन्तरतामा चुनौती भोगिरहेका विद्यार्थीहरूका लागि यस अक्षयकोषले दीर्घकालीन सहयोग पुर्‍याउने विश्वास गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर वस्नेतले बताउनुभयो। शिक्षा क्षेत्रको विकास केवल संरचना र पाठ्यक्रममा मात्र सीमित नहुने, सामाजिक सहकार्य र मानवीय संवेदनाबाट सुदृढ हुने विश्वासलाई यस पहलले थप सशक्त बनाएको विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देलले बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिले अक्षयकोष स्थापनालाई संस्थागत शिक्षाप्रतिको जिम्मेवारीबोध र सामाजिक योगदानको उल्लेखनीय नमूनाका रूपमा लिँदै दाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। “रूद्रनाथ देवका पौडेल अक्षयकोष” ले आगामी पुस्ताका विद्यार्थीहरूका लागि शिक्षाको पहुँच विस्तार गर्दै विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot