समाचार

रतौली दरै समाजको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न

तनहुँ । रतौली दरै समाजको प्रथम साधारण सभा माघ ९ गते संस्थाको कार्यालय, व्यास नगरपालिका–१, रतौलीमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाको अध्यक्षता रतौली दरै समाजका अध्यक्ष चेत बहादुर दरैले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खले रहनु पर्ने भए पनि उहाँको शारीरिक अस्वस्थताका कारण उहाँ उपस्थित हुन असमर्थ हुनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै सोही वडाका जनप्रतिनिधि मणिजंग वस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। विशिष्ट अतिथिका रूपमा व्यास नगरपालिका वडा नं. १ का जनप्रतिनिधि पूर्ण बहादुर थापा तथा दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैको उपस्थिति रहेको थियो।

अतिथिका रूपमा रतौली टोल विकास संस्थाका अध्यक्ष अभिमानसिंह वस्नेत, परिवर्तनशील टोल विकास संस्थाकी सचिव अनिता थापा घर्ति, सिर्जना आमा समूहकी अध्यक्ष माया बस्ताकोटी, भादगाउँ–कराँदी–खिरखाँदी खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष विष्णु बहादुर वस्नेत, जलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष हिक्मतजंग वस्नेत तथा रतौली गाउँ सुधार समाजका अध्यक्ष सन्तमान सिंह वस्नेतको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मणिजंग वस्नेतले “जबसम्म हामी संगठित हुँदैनौँ, तबसम्म विकास सम्भव हुँदैन। हामी जति संगठित हुन सक्छौँ, त्यति नै त्यस क्षेत्रको विकास सम्भव हुन्छ” भन्दै समुदायलाई संस्थागत रूपमा अघि बढ्न आग्रह गर्नुभयो।

त्यसैगरी विशिष्ट अतिथि दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैले “हामीसँग भएका सीप, ज्ञान, भाषा र संस्कृतिहरू आफ्ना नानीबाबुहरूलाई हस्तान्तरण गर्न सक्यौँ भने मात्र हाम्रो पहिचान सुरक्षित रहन्छ” भन्दै पुस्तान्तरणको महत्व औंल्याउनुभयो।

Click to visit Owner's page

सभामा विशिष्ट अतिथि पूर्ण बहादुर थापा, अभिमानसिंह वस्नेत, अनिता थापा घर्ति, माया बस्ताकोटी, विष्णु बहादुर वस्नेत, हिक्मतजंग वस्नेत तथा सन्तमान वस्नेतले आ–आफ्नो मन्तव्य राख्दै संस्थाको दीर्घकालीन विकास, समुदायको एकता र स्थानीय तहसँगको सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियो।

सभामा रतौली दरै समाजमा रहेका, दरै भाषा संस्कृतिको जगेर्ना तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निभाइरहनुभएका जेष्ठ नागरिक अग्रजहरूलाई सम्मान गरिएको थियो । अग्रजहरूमा श्रीमती धनी माया दरै, मन बहादुर दरै, मंगल बहादुर दरै र चन्द्र बहादुर दरैलाई प्रमुख अतिथि मणिजंग बस्नेतले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । साथै दरै समुदायबाट हालसालै दन्त चिकित्साशास्त्रमा Master of Detal Sergery उतीर्ण गरी नेपाल मिडकल काउन्सिलबाट Doctor उपाधि प्राप्त गरी Dental Surgeon का रूपमा कार्यरत डा. अञ्जु दरैलाई पनि प्रशंसा-प्रत्रद्वारा सम्मानित गरिएको थियो। साथै संस्थालाई दर्ता गराइ संस्थालाई औपचारिकता दिनमा विशेष नेतृत्त्वदायी भूमिका निर्वाह गर्नुहुने संस्थाका संस्थापक सचिव विकास दरैलाई पनि कदर-पत्र दिई सम्मानित गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य रतौली दरै समाजकी साधारण सदस्य शुभद्रा दरैले राख्नुभएको थियो। साधारण सदस्यहरूका तर्फबाट निर्मला दरैले शुभकामना मन्तव्य दिनुभएको थियो भने सल्लाहकारहरूको तर्फबाट शुभकामना मन्तव्य सल्लाहकार हरिमाया दरैले व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष खड्ग दरैले कोषाध्यक्षको, सचिव कृष्ण कुमारी दरैले सचिवको र अध्यक्ष चेत बहादुर दरैले अध्यक्षकोको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रथम साधारण सभामार्फत रतौली दरै समाजले आफ्नो संस्थागत यात्रा, भावी कार्यदिशा र समुदायप्रतिको प्रतिबद्धता स्पष्ट पारेको छ। कार्यक्रमले दरै समुदायको एकता, पहिचान र संगठित विकासतर्फ महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali