शिक्षासमाचार

व्यासमा ReAL Plan अभिमुखिकरण कार्यक्रम सम्पन्न

तनहुँ, ११ माघ – व्यास नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरूका लागि एक दिने सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना (Recovery and Accelerated Learning Plan – ReAL) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कोभिड–१९ लगायत विभिन्न कारणले प्रभावित विद्यार्थीको सिकाइ क्षतिलाई पूर्ति गर्दै शिक्षण सिकाइ प्रक्रियालाई पुनः गतिशील बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सञ्चालन व्यास नगरपालिकाको शिक्षा शाखाअन्तर्गत प्राविधिक सहायक किशोर बास्तोलाले गर्नुभएको थियो। कार्यक्रममा शिक्षाको वर्तमान अवस्था, सिकाइ अन्तर कम गर्ने रणनीति तथा ReAL योजनाको व्यवहारिक प्रयोगबारे सहभागी शिक्षकहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै शिक्षा अधिकृत नविन पराजुलीले ReAL योजना विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटन शिक्षा शाखा प्रमुख सहसचिव केदार आचार्यले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना अहिलेको शैक्षिक आवश्यकता भएको उल्लेख गर्दै शिक्षकहरूलाई योजनालाई कक्षाकोठामा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा सहजकर्ता तथा प्रशिक्षकको भूमिकामा आँबुखैरेनी गाउँपालिकाकी शिक्षा अधिकृत निर्मला कुँवर रहनुभएको थियो। उहाँले ReAL योजनाका अवधारणा, कार्यविधि र कार्यान्वयनका व्यावहारिक पक्षहरूबारे प्रशिक्षण दिनुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरूले कार्यक्रम उपयोगी र समय सान्दर्भिक रहेको प्रतिक्रिया दिएका छन्। व्यास नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot