शिक्षासमाचार

व्यास नगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

व्यास नगरपालिकाले मिति २०८१ साल फाल्गुन १० गते एक सूचना प्रकाशन गर्दै छात्रवृत्तिका लागि निवेदन पेश गर्न आह्वान गरेको छ। व्यास नगरपालिकाको आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत अध्ययन/अनुसन्धान/छात्रवृत्ति तथा दलित विद्यार्थी छात्रवृत्ति सहयोग कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले छात्रवृत्तिका लागि आवेदन खुला गरिएको हो।

सामुदायिक विद्यालय वा क्याम्पसहरूमा भर्ना भई अध्ययन गरिरहेका जेहेन्दार, विपन्न, दलित, पिछडिएको क्षेत्र वा दुर्गम क्षेत्रका बालबालिका, अल्पसंख्यक वा अपाङ्ग, आदिवासी जनजाति तथा सहिद परिवार वा जनआन्दोलनका घाइते वा बेपत्ता परिवारका सन्तती विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

छात्रवृत्तिका लागि निवेदन व्यास नगरपालिकाद्वारा निर्धारित ढाँचामा दिनुपर्नेछ। निवेदन दिने अन्तिम मिति २०८१ साल चैत्र १० गतेसम्म तोकिएको छ।

आवश्यक कागजातहरू:

  1. अध्ययनरत विद्यालयको जेहेन्दार र नियमित अध्ययन गरिरहेको सम्बन्धी सिफारिस पत्र
  2. अघिल्लो कक्षाको ग्रेडसिटको प्रतिलिपि
  3. व्यास नगरपालिकामा स्थायी बसोबास गरेको प्रमाण
  4. जन्मदर्ता तथा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  5. आर्थिक रूपमा विपन्न भएको तथा छात्रवृत्तिको समूहसमेत पुष्टि हुने गरी वडा कार्यालयको सिफारिस पत्र
  6. अपाङ्गता परिचय पत्र (अपाङ्ग विद्यार्थीहरूको हकमा)

यस्ता निवेदनहरू विद्यालयहरूले संकलन गरी व्यास नगरपालिका, शिक्षा तथा सामाजिक विकास शाखामा पेश गर्नुपर्नेछ।

Click to visit Owner's page

निवेदनका लागि निर्धारित ढाँचा यहाँ दिइएको छः

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot