समाचार

नयाँ सवारी तथा यातायात ऐनमा यस्ता परिवर्तनहर छन्ः बुँदागत रूपमा ।

सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी गरेको छ। २०४९ सालमा बनेको ऐनअन्तर्गत सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई अद्यावधिक गरी नयाँ ऐन ल्याउन लागिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारी राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरिसकेको छ। प्रस्तावित ऐनमा सडक सुरक्षादेखि जरिवाना व्यवस्थासम्म कडाइ गरिने उल्लेख छ। मोटरसाइकल तथा स्कुटरमा चालक र पछाडि बस्ने यात्रु दुवैले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने नियम प्रस्ताव गरिएको छ।

अब लागु हुने नयाँ व्यवस्थाहरूः

1.     हेलमेट अनिवार्य – चालक र पछाडि बस्ने यात्रु दुवैले हेलमेट लगाउनैपर्ने।

2.     बालबालिका सुरक्षासम्बन्धी नियम – चालकभन्दा अगाडि बालबालिका राख्न नपाइने।

3.     नम्बर प्लेट उल्लङ्घनको सजाय – नम्बर प्लेट नराखी चलाएमा १०-३० हजार जरिवाना वा ६ महिना कैद।

Click to visit Owner's page

4.     दर्ता नभएका सवारीका लागि जरिवाना –

  • दुई/तीन पाङ्ग्रे: ५ हजार
  • साना/मझौला: १५ हजार
  • ठूला: ५० हजार

5.     अन्य प्रयोजनमा सवारी चलाएमा जरिवाना –

  • दुई/तीन पाङ्ग्रे: २ हजार
  • मझौला: ३ हजार
  • ठूला: ५ हजार

6.     एग्रिगेटर कम्पनीका लागि जरिवाना – इजाजतबिना सञ्चालन गरेमा ५० हजार – २ लाख।

7.     लाइसेन्सबिना गाडी चलाएमा जरिवाना –

  • दुई/तीन पाङ्ग्रे: २ हजार
  • साना/मझौला: ५ हजार
  • ठूला: १० हजार

8.     रूट अनुमति बिना सञ्चालन गरेमा – १० हजार जरिवाना।

9.     जाँचपास नगराइ चलाएमा जरिवाना –

  • दुई/तीन पाङ्ग्रे: ५ हजार
  • साना/मझौला: १० हजार
  • ठूला: १५ हजार

10.    प्रदूषण जाँच नगरिएमा – १-५ हजारसम्म जरिवाना।

11.    सवारी वर्गीकरण – बनोट, सिट संख्या, वजन, इन्धन प्रणाली आदिका आधारमा।

12.    व्यावसायिक चालक अनुमतिपत्र आवश्यक – ट्राफिक उल्लङ्घन वा अपराधमा संलग्नलाई नदिइने।

13.    पहिलेका सार्वजनिक सवारी चालकलाई स्वतः अनुमतिपत्र प्राप्त – तर वार्षिक स्वास्थ्य परीक्षण अनिवार्य।

14.    लाइसेन्स प्राप्त गर्न न्यूनतम शिक्षा र उमेर सीमा –

  • व्यावसायिक चालकका लागि कक्षा ८ पास अनिवार्य।
  • ठूला सवारीका लागि २३ वर्ष, मझौला/साना सवारीका लागि २१ वर्ष।
  • दुई/तीन पाङ्ग्रेका लागि १८ वर्ष।

15.    लाइसेन्स नवीकरण अवधि – १० वर्ष।

16.    ५ वर्षसम्म नवीकरण नगरिएमा – स्वतः रद्द हुनेछ।

17.    अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र जारी गर्ने व्यवस्था।

18.    रूट निर्धारण तथा सार्वजनिक सूचना प्रकाशन।

19.    सवारी चालक अनुमतिपत्रको १८ क्याटेगोरी –

  • ‘A’ (दुई/तीन पाङ्ग्रे), ‘AM’ (स्कुटर/मोपेड), ‘B’ (सानो सवारी), ‘D’ (ठूला बस), ‘F’ (अग्नि नियन्त्रण सवारी) आदि।

20.    इम्बोस्ड नम्बर प्लेटको नयाँ प्रणाली –

  • सार्वजनिक: पहेँलो प्लेट, कालो अक्षर।
  • निजी: सेतो प्लेट, कालो अक्षर।
  • सरकारी: सेतो प्लेट, रातो अक्षर।
  • कूटनीतिक: सेतो प्लेट, निलो अक्षर।
  • राष्ट्रपतिको सवारी: विशेष नम्बर प्लेट।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali