प्रविधिसमाचार

टिकटक मात्र हैन, सबै सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउनु पर्छ-बालेन

टिकटक बन्द भएसँगै विभिन्न राजनैतिक व्यक्तित्व, कलाकार तथा सर्वसाधारणहरूबाट पनि विभिन्न मिश्रित खालका प्रतिक्रियाहरू आइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्णय सार्वजनिक भए लगत्तै फेसबुक स्टाटस मार्फत निर्णयको विरूद्धमा आफ्नो धारणा राखे । गगन थापा, कमल थापा लगायतका अग्रज राजनीतिज्ञहरूले पनि यसो गर्नु उचित नभएको तर्क प्रस्तुत गरेका छन् । नेपाली काँग्रसका गगन थापाले फेसबुक स्टाटस मार्फत टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको तर्क दिएका छन् ।

काठमाण्डौं महानगरपालिकाका मेयर बलेन शाहले पनि बन्द गर्नु नै समस्या समाधानको उपाय नभएको तर्क फेसबुक स्टाटसबाट दिएका छन् । केही समय पहिले आफ्नो भिडियोको दुरूपयोग गरेर टिकटक लाइभ गरेको घटनाहरू स्मरण गर्दै करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो, अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन भन्ने विषयमा जोड दिएका छन् ।

मेयर बालेन शाहको स्टाटसः

यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्‍यौ । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौ । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडिले गर्दा शुभचिन्तकहरूले दुख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन ।

Click to visit Owner's page

यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो platform भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन,

अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali