समाचार

६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोक केन्द्रबिन्दु

कहिँ पहिरो खस्यो, कहिँ भागदौडमा हात भाँचिए ।

फागुन १६, २०८१ (फेब्रुअरी २८, २०२५) शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्पको धक्का काठमाडौं उपत्यका, पूर्वी नेपालका केही जिल्ला, र भारतको बिहार तथा पश्चिम बंगालसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण सिन्धुपाल्चोक जिल्लामा सामान्य क्षति भएको छ। भोटेकोशी गाउँपालिका–३ दुगुनागढीमा पहिरो खसेको छ भने कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। आत्तिएर भाग्ने क्रममा एक कैदीको हात भाँचिएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। हालसम्म कुनै ठूलो मानवीय क्षतिको रिपोर्ट प्राप्त भएको छैन।

यसअघि, पुस २३ गते चीनमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल, भारत, र बंगलादेशसम्म धक्का महसुस गरिएको थियो। नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले, विज्ञहरूले आगामी दिनहरूमा पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् र सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali