शिक्षासमाचार

निःशुल्क मोबाइल मर्मत, बाइक रिपेयरिङ्ग तथा मन्टेश्वरी तालिम आयोजना गरिने

खैरहनी नगरपालिकाले स्थानीय युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले मोबाइल मर्मत, बाइक रिपेयरिङ्ग र मन्टेश्वरी तालिम प्रदान गर्ने भएको छ। नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गर्न लागेको हो।

पालिकाले जारी गरेको सूचनाअनुसार मोबाइल मर्मत र बाइक रिपेयरिङ्ग तालिममा २६/२६ जना र मन्टेश्वरी तालिममा पनि २६ जनालाई सहभागी गराइनेछ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र खैरहनी नगरपालिकामा स्थायी बसोबास भएका महिला/पुरुषले यी तालिममा सहभागी हुन पाउनेछन्। मन्टेश्वरी तालिमका लागि भने एस.ई.ई. उतीर्ण गरेको हुनुपर्नेछ।

तालिममा सहभागी हुन इच्छुकहरूले २०८१।१२।१२ गतेदेखि २८ गतेसम्ममा नगरपालिकामा आवेदन दिनुपर्नेछ। आवेदनका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि र मन्टेश्वरी तालिमका लागि एस.ई.ई. उतीर्ण गरेको कागजात आवश्यक पर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाद्वारा हस्ताक्षरित यो सूचनाले स्थानीय युवाहरूलाई सीप विकास गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले स्थानीय युवाहरूलाई सीप सिकाई आत्मनिर्भर बनाउने योजना ल्याउनु युवाहरुको लागि निकै महत्वपूर्ण हुने देखिन्छ। यसले स्थानीय युवाहरुलाई नगरमै काम गर्न उत्प्रेरित गर्ने नगरको विश्वास रहेको छ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali