रतउलि दरइ समाजक सन्स्था उद्घाटन कार्यक्रम भइल
फागुन १०, दमौली
व्यास नगरपालिका, ओडा नम्बर १, रतउली टोलया पर्लाहार रतउली दरइ समाजक सन्स्था उद्घाटन कार्यक्रम सकिल बाटइ । व्यास नगरपालिका, ओडा नम्बर १ क अध्यक्छ्य रमेसचन्दर हड्खलेइँ उसे सन्स्थाक पानसयाँ बत्ति बारिकुन उद्घाटन करिके भइल बाटइ ।
रतउली दरइ समाज जइल माघ २८ गते स्थानिय सरकार, व्यास नगरपालिकायाँ अउपचारिक रूपयाँ दर्ता भइनेपार उद्घाटन कार्यक्रम आयोजना कर्ल सन्स्थाक सचिब विकास दरइँ जानकारि दिके भइल । कार्यक्रमक अध्यक्छ्यता रतउली दरइ समाजक अध्यक्छ्य चेत बहादुर दरइँ करिके भइल रहि ।

कार्यक्रमयाँ प्रमुख अतिथि व्यास नगरपालिका, ओडा नम्बर १ क अध्यक्छ्य सहित ओडा सदस्यहरू मनिजङ्ग बस्नेत, सुनिता सुनारक साङ् साङ् रतउली टोल विकास सन्स्थाक अध्यक्छ्य अभिमानसिह बस्नेत, स्रिजना आमा समुहक अध्यक्छ्य माया बस्ताकोटि, जेलेस्वर महादेव मन्दिर सम्रछ्यन समितिक अध्यक्छ्य चिजादेवि नेउपानेक पनि अतिथिक रूपयाँ सहभागिता रहि ।
कार्यक्रम सन्स्थाक सचिब विकास दरइँ चालाहाल रहत् । सन्स्थाक निबर्तमान सचिब क्रिस्न कुमारि दरइइँ स्वागत मन्तब्य देहेल रहत् कहने साधारन सदस्यहरूक तर्फमाँटे सन्स्थाक पुर्ब अध्यक्छ्य रेसम माया दरइइँ आफ्न धारना राख्ल रहत् । इख्र साङ साङ अतिथिहरू मनिजङ्ग बस्नेत, सुनिता सुनार, रतउली टोल विकास सन्स्थाक अध्यक्छ्य अभिमानसिह बस्नेत, सिर्जना आमा समुहक अध्यक्छ्य माया बस्ताकोटि, जलेस्वर महादेव मन्दिर सम्रक्छ्यन समितिक अध्यक्छ्य चिजादेवि नेउपानेसहित सन्स्थाक सल्लाहकार तथा अभिभावक हरिमाया दरइ, रन बहादुर दराइइँ पनि बोराहाल जानकारि प्राप्त भइल बाटइ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेशचन्द्र हड्खले ज्यूले संस्था दर्ता भइसकेपछि संस्थाले हाम्रा चालचलन, संस्कृति, परम्परालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा दरै भाषा संकटमा परेकोले भाषा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था समेत आउनसक्ने तर्क दिंदै अध्यक्ष हड्खलेले समझदारीमा क्रमशः विकासहरू गरिँदै जाने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दे कार्यक्रमको अध्यक्षता गरिरहनुभएका रतौली दरै समाजका अध्यक्ष चेत बहादुर दरैले रतौली टोलको उज्यालो रतौली बनाउने योजना मुताविक ९० प्रतिशत काम पूरा भइसकेको जानकारी गराउँदै केही दिन भित्र नै रतौली टोल पूर्ण रूपमा उज्यालो रतौली बन्ने कुरामा जोड दिनुभयो । रतौली दरै समाज विगत २०५२/५३ सालदेखि नै अनौपचारिक रूपमा सञ्चालनमा रहँदै आएको कुरा स्मरण गराउँदै अहिले ढिलै भए पनि संस्था दर्ता गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।






