विश्वसमाचार

११ वर्ष आगाडि हारएको विमानको पुनः खोजी सुरू

मलेसिया एयरलाइन्सको उडान MH370 को खोजी पुनः सुरु गरिएको छ— यो रहस्यमय रूपमा हराएको विमान पत्ता लगाउने पछिल्लो, र सम्भवतः अन्तिम प्रयास हुन सक्छ।

समुद्री अनुसन्धान कम्पनी ओसन इन्फिनिटीले आफ्नो खोज अभियान फेरि थालेको छ, जसले २०१८ मा रोकिएको प्रयासलाई अगाडि बढाउनेछ, मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले मंगलबार घोषणा गरे।

१० वर्षभन्दा बढी समयपछि, ओसन इन्फिनिटीले विमानको भग्नावशेष पत्ता लगाउन र उड्डयन इतिहासकै सबैभन्दा रहस्यमय दुर्घटनाको रहस्य समाधान गर्न खोजी पुनः सुरु गर्ने योजना बनाएको छ।

यस पटक खोजी हिन्द महासागरको लगभग ५,८०० वर्ग-माइल क्षेत्रमा केन्द्रित हुनेछ, जुन उपग्रह संकेतहरू तथा अवरुद्ध रेडियो प्रसारणहरू लगायत विभिन्न डेटा विश्लेषणको आधारमा चयन गरिएको छ। याहू न्यूजका अनुसार मलेसियाली सरकारले यस क्षेत्रलाई विश्वासनीय मानेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, विमानको मुख्य संरचनासहितको भग्नावशेष यी चार प्रमुख “हटस्पट” क्षेत्रमा हुनसक्छ, जसलाई विशेष प्राथमिकता दिइनेछ, टेलिग्राफले रिपोर्ट गरेको छ।

Click to visit Owner's page

इङ्गल्याण्ड र टेक्सासमा आधारित ओसन इन्फिनिटीले नयाँ प्रविधिको प्रयोगबाट यो सम्भवतः अन्तिम खोजी प्रयास सफल हुने आशा राखेको छ, किनभने अब अत्याधुनिक समुद्री सतह स्क्यान गर्ने ड्रोनहरू प्रयोग गरिँदै छन्।

नयाँ प्रविधिहरूको प्रयोग गर्दै खोजी अभियान अघि बढ्दै

टेलिग्राफका अनुसार, आर्मडा ७८०६ जहाज हाल हिन्द महासागरमा सक्रिय छ। यसले पानीमुनि सञ्चालन हुने यन्त्र (AUVs) प्रयोग गरिरहेको छ, जसमा ३डी इमेजर, सोनार, लेजर तथा क्यामेराहरू जडान गरिएका छन्।

यी AUVs चार माइल गहिराइसम्म डुब्न सक्छन् र पानीमुनि चार दिनसम्म रहन सक्छन्— जुन २०१८ मा प्रयोग गरिएका ड्रोनहरूको क्षमताभन्दा दोब्बर हो।

ओसन इन्फिनिटीले मलेसियाली सरकारसँग “फेला नपरे, शुल्क छैन” (No Find, No Fee) सम्झौता गरेको छ, जसअनुसार यदि खोजी सफल भएन भने कम्पनीले ७० मिलियन डलरको पारिश्रमिक लिन पाउने छैन।

नासा पूर्व-इञ्जिनियर रिचर्ड गडफ्रेले गरेको विश्लेषणअनुसार, उडान MH370 हराएको रात भारतीय महासागरमा १३० यस्ता रेडियो संकेत अवरोधहरू रेकर्ड गरिएका थिए।

११ वर्षअघि हराएको उडान MH370 को रहस्य

बोइङ ७७७ मोडेलको उडान MH370, जसमा २३९ यात्रु र १२ चालक दलका सदस्यहरू थिए, मार्च ८, २०१४ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङ जाँदै गर्दा उडानको ४० मिनेटपछि राडारबाट गायब भएको थियो।

उडानको अन्तिम रेडियो प्रसारण विमान उडेको केहि समयपछि तुरुन्तै ट्रान्सपन्डर बन्द भएको थियो।

त्यस रातको सैन्य राडार डेटा अनुसार, विमानले आफ्नो निर्धारित मार्गबाट विचलित भई उत्तर मलेसियामाथि उडेपछि अण्डमान समुद्रतर्फ मोडिएको देखिन्छ।

२०१५ मा, विमानका केही भग्नावशेष फ्रान्सेली क्षेत्र रीयुनियन टापु तथा अफ्रिकाको पूर्वी किनारमा फेला परेका थिए।

-NewyourPost बाट

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali