प्रविधिसमाचार

टिकटक माथि लागइएको प्रतिबन्ध पूर्ण रूपमा हट्यो ।

भोलिदेखि सम्पूर्ण इन्टरनेटबाट चल्ने

TikTok छोटा भिडियोहरू साझा गर्न प्रयोग गरिने एक सामाजिक मिडिया प्लेटफर्म हो जसले विशेषगरी युवा पुस्ता बीचमा ठूलो लोकप्रियता हासिल गरेको छ। मनोरञ्जन, शिक्षा, र सिर्जनात्मक अभिव्यक्तिका लागि TikTok नेपालमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ।

प्रचण्ड सरकारले २०८० साल कार्तिक २७ गतेदेखि नेपालमा TikTok माथि प्रतिबन्ध लगाएको थियो । नेपालमा TikTok माथि प्रतिबन्ध लागाउनुको प्रमुख कारण सामाजिक सुरक्षा र नैतिकतासँग सम्बन्धित थियो । तत्कालिन सरकारको दाबी अनुसार, TikTokमा अश्लीलता, हिंसा, र गलत सूचनाको व्यापकता बढिरहेको थियो जसले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ। साथै, यसले देशको सामाजिक र सांस्कृतिक मान्यतामा पनि असर गरिरहेको ठहर गरिएको थियो ।

नेपालको संविधानले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्दछ, तर यो स्वतन्त्रता देशको कानुन र सार्वजनिक नैतिकता भित्र सीमित हुन्छ। सरकारको दाबी अनुसार TikTokले यी सीमाहरूको उल्लंघन गरिरहेको थियो, जसको कारण सरकारलाई यस्तो कठोर कदम उठाउन बाध्य बनाएको उल्लेख गरिन्छ ।

यस प्रतिबन्धले समाजका बिभिन्न स्रोतहरूबाट मिश्रित प्रतिक्रिया उत्पन्न गरेको थियो। कतिपयले सरकारको यो कदमलाई सकारात्मक रूपमा लिएका थिए भने अरूले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हननको रूपमा हेरेका थिए । कलाकार, सामग्री सिर्जनाकर्ता, र युवा पुस्ताले यसलाई आफ्नो सिर्जनात्मक अभिव्यक्तिमा हस्तक्षेपको रूपमा लिने गरेका थिए ।

TikTokको प्रतिबन्धले सामग्री सिर्जनाकर्ताहरू र डिजिटल बजारमा पनि प्रत्यक्ष असर पारेको थियो । धेरै नेपालीले TikTokबाट आफ्नो जीविकोपार्जन गर्ने गरेका थिए । यो प्रतिबन्धले तिनीहरूको आम्दानीमा ठुलो धक्का पनि लागेको छ। साथै, डिजिटल मार्केटिङमा TikTokको प्रयोग गर्ने व्यवसायहरूले पनि असर भोग्नु परेको स्पष्ट देखिन्छ।

Click to visit Owner's page

१० महिना मै हट्यो TikTok माथिको प्रतिबन्ध

प्रचण्ड सरकारले लगाएको TikTok माथिको प्रतिबन्ध ओली सरकारले हटाएको छ । आज (२०८१, भाद्र ६ गते) बसेको मन्त्रिपरिषदको बैठकले TikTok माथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

भोलिदेखि सम्पूर्ण इन्टरनेटहरूबाट TikTok चलाउन सकिने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali