अहिलेको मौसममा कतिबेला कहाँ वर्षा हुन्छ, कहाँ बिजुली चम्कन्छ केही ठेगान हुँदैन ।
जब अमेरिकाको मिसौरीका एक किसान जारेड ब्ल्याकवेल्डर र उनकी धर्मपत्नी मिस्टि गोठबाट गाईका दुध दोहेर गाईहरूलाई चरनमा छोडी घर फर्किए, एउटा चर्को आवाज सुने, तर उनीहरूले यसलाई वास्ता गरेनन् । जारेड बेलुकिपख दोस्रो चरणको दुध दुहुनका लागि गाईहरूलाई एकत्रित गर्न चरन तर्फ लागे । तर उनको सामू यस्तो भयानक तथा हृदयविदारक दृष्य थियो कि उनको होस हवास उड्यो । उनको अगाडी ३२ वटा दुहुना गाईहरू घाँसमा निर्जिव लडिरहेका थिए ।
स्थानीय पशु चिकित्सकले जाँच गरेपछि पत्ता लाग्यो कि चट्याङ्गका कारण ति गाईहरू मरेका थिए । सबै गाईको विमा गरिएको थियो तर विमा कम्पनीबाट प्राप्त हुने रकमले ति गाईको मरणबाट भएको क्षति पुरा गर्न नसक्ने किसान जारेडले व्यक्त गरे किनकी ति प्रत्येक गाइको मुल्य २ हजार डलर देखि २ हजार ५ सय डलर सम्म रहेको जनाइएको छ।
स्थानिय मौसम विभागका अुनसार शनिबार आएको एक तुफान (टोर्नाडो) ले मिसौरीमा विनास मच्चाएको थियो । बेसबल जत्रा असिनाका साथ ९० माइल प्रति घण्टाको गतिमा हावा चलेको थियो । यस्ता धेरै पशु चौपाय तथा जनधनको क्षति भएको जनाइएको छ ।
यस भन्दा अगाडि अप्रिल महिनामा पनि पाँच जना व्यक्तिहरूको मृत्यू भएको थियो । शनिबार आएको टोर्नाडोले एक चर्च सहित कैयौं घरका छानाहरू उडाएको थियो । असिनाले स्टिलका छानाहरू समेत क्षतविक्षत पारेको समाचार छ ।
स्थानीय सरकारले सम्भावित घटना प्रति सतर्क रहन चेतावनी जारी गरेको छ । अझ केही दिन थप क्षेत्रहरूमा गम्भिर आँधिबेहरीको सम्भावना रहेको चेतावनी दिइएको छ ।