नेपाली क्रिकेट टिमका तोड्न असम्भव विश्व किर्तिमानहरू
पछिल्लो समयमा महिला र पुरूष दुबै नेपाली राष्ट्रिय क्रिकेट टिमले ठूलै फड्को मारिरहेको छ । नेपाली क्रिकेट टिमले देशमा मात्र नभइ विदेशी समर्थक पनि राम्रै बटुल्न सफल भएको छ । पुरूष टिम सँगसँगै महिला टिमले पनि राम्रै खेलिरहेका छन् । दुबै टिमबाट कैयौं विश्व किर्तिमानहरू राखिएका छन् । यहाँ ति किर्तिमानहरू मध्ये केहि यति सजिलै तोड्न नसकिने तथा अविश्वसनीय किर्तिमानहरूको चर्चा गरिएको छ ।
१. सबैभन्दा थोरै रनमा अलआउटको किर्तिमान
नेपाली पुरूष क्रिकेट टिमले यो किर्तिमान २००६ को ACC कपमा म्यानमार विरूद्ध बनाएको थियो । यस खेलमा म्यानमारका टिम केबल १० रनमा अलआउट भएका थिए । पुरै ODI खेल जगतमा म्यानमारको यो स्कोर सबैभन्दा कम स्कोर पनि हो । मेहबुब आलम जम्मा ३ रन खर्चिएर एक्लैले म्यानमारको ७ विकेट लिएका थिए । यो खेलमा म्यानमारका ६ व्याट्सम्यान त ० रनमै आउट भएका थिए ।
२. एकै खेलाडीद्वारा पुरै १० विकेटको किर्तिमान
यो किर्तिमान पनि मेहबुब आलम कै नाउँमा नै रहेको छ । यो विश्व किर्तिमानको किताब गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा पनि दर्ता भएको छ । बायाँ हाते तिब्र गतिका बलर मेहबुब आलम आइसिसि वर्ल्ड क्रिकेट लिगमा मोजम्बिक क्रिकेट टिम विरूद्ध बलिङ्ग गरिरहेका थिए । यस खेलमा उनी एक्लैले मोजाम्बिकको पुरै १० विकेट चट्काए । १० विकेट लिन उनले जम्मा १२ रन मात्रै खर्चिए । पहिले ब्याटिङ्ग गरेर नेपालले २८९ रन बनाएको थियो । २९० रनको लक्ष्य पछ्याएको मोजाम्बिकले जम्मा १९ रन मात्र जोड्न सफल भएको थियो ।
३. सबैभन्दा कम उमेरमा अर्धसतकको किर्तिमान
नेपाल कै रोहित पौडेलको नाममा रहेको यो किर्तिमान नेपाली पुरूष क्रिकेट टिमका कान्छा खेलाडी कुशल मल्लले आफ्नो नाम गरेका छन् । १६ वर्ष १४६ दिनको उमेरमा कुशलले युएइका विरूद्धको खेलमा ५० रन बनाइ यो विश्व किर्तिमान बनाएका थिए ।
४. ० रनमा सर्वाधिक विकेटको किर्तिमान

यो किर्तिमान भने नेपाली महिला क्रिकेट टिमको नाममा रहेको छ । नेपाली महिला क्रिकेट टिमकी खेलाडी अञ्जली चन्दले २०१९ को एक खेलमा विना कुनै रन खर्चिएर ६ विकेट लिएर यो किर्तिमान आफ्नो नाममा दर्ता गरेकी हुन् । ६ विकेट उनले जम्मा १३ बलमा लिएकी थिइन् । यो खेल माल्दिभ्सका विरूद्ध टिट्वेन्टी खेल थियो । यस खेलपछि अञ्जली चन्द एक प्रतिभाशाली बलरमा रूपमा चिनिन थालिन् ।
५. सबैभन्दा कम बलमा खेल समाप्तिको किर्तिमान
जम्मा २ बलमा खेल जित्दै नेपाली पुरूष क्रिकेट टिमले सबैभन्दा कम बलमा जीतको किर्तिमान आफ्नो नाममा गरेको छ । २००६ मा भएको एसिसि ट्रफिमा म्यानमारका विरूद्ध यो खेल भएको थियो । म्यानमार केबल १० रनमा अल आउट भएका थिए । नेपाललाइ जितका लागि केबल ११ रनको आवश्यकता थियो । ज्ञानेन्द्र मल्ल र मेहश क्षेत्री व्याटिङ्ग गरिरहेका थिए । दुबैले ३/३ रन बनाए । एक्ट्रा बलमा चौका गएपछि ५ एक्ट्रा रन आएपछि केबल २ बलमा नेपालले लक्ष्य भेट्टाएको थियो ।
नेपालका यि किर्तिमानहरू तोडिने सम्भावना शुन्य बराबर छ । यि किर्तिमानहरू सायदै तोडिने छन् ।