जीवनशैलीसमाचारस्वास्थ्य

दमौलीको पसलमा किनेको मासु खाँदा ४ जना बेहोस

दमौली, तनहुँ

सम्बन्धित सामग्रीहरू

तनहुँको सदरमुकाम दमौली स्थित गणेशमान चोकमा रहेको बन्दिपुरे कान्छाको मासु पसलबाट मासु किनेर खाने ४ जना बेहोस भएका छन् ।

पोखरी भञ्ज्याङ्ग घर भएका बलभद्र अधिकारीले उक्त पसलबाट ३ पाउ मासु खरिद गरी लगेको जनाइएको छ । उक्त पसलबाट किनेर लगेको मासु पकाएर खाएपछि स्वयम् बलभद्र अधिकारी सहित बुहारी निर्जला अधिकारी र छिमेकी २ जना गरी जम्मा ४ जना खाने क्रममै बेहोस भएका छन् । हाल ३ जनाको पोखरामा उपचार भइरहेको छ भने अवस्था अलि जटिल रहेको १ जनालाइ काठमाण्डौ उपचारका लागि लगिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला पशुसेवा कार्यालय (भेटेरिनरी) को संयुक्त टोलीद्वारा उक्त मासु पसलमा छानविन तथा अनुगमन कार्य भइरहेको छ । परीक्षणका लागि उक्त पसलको मासु पोखरा पठाइने र परीक्षणको रिपोर्ट नआउँदा सम्मका लागि पसल बन्द रहने जनाइएको छ ।

पसल बन्द गरी प्रहरीको टोली घटनाको सत्यतथ्य छानविनका लागि घटना स्थल अधिकारीको घर तर्फ जाने जनाइएको छ ।

Click to visit Owner's page

प्राप्त सूचना अनुसार हिजो यस पसलबाट मासु किनेर खाने अधिकांश ग्राहकहरूको पनि उपस्थिति रहेको र निजहरूको भनाइ अनुसार कसैलाइ पनि कुनै किसिमको समस्या नभएको जानकारी प्राप्त भएको छ । उपभोक्ताहरू मार्फत मासुमा खराबी नभइ निज अधिकारीको घरकै समस्या हुन सक्ने दावी गरिएको छ । २० किलोको खसीको मासु काट्दा अन्यलाइ केही नहुने, र ३ पाउ लगेर खानेलाइ कसरी बिरामी हुन सक्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali