काठमाण्डौ – गायक नेत्र भण्डारी र शान्ति श्री परियारको स्वरमा जय जय माया बोलको गीत हालै सार्वजनिक भएको छ ।
नन्दु परियारको संगीत रहेको उक्त गीतमा बिक्रम विश्वकर्माको शब्द लेखन रहेको छ । मौसम हिमालीको निर्देशनमा बनेको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ भने मनोज कार्कीको सम्पादन रहेको छ।
गीतमा नायक पुष्प खड्का र कृस्टिना अधिकारीको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो Rijan Nepal नामक YouTube च्यानल मार्फत प्रिमियर गरी सार्वजनिक गरिएको थियो ।