प्रविधिसमाचार

माइक्रोसफ्टले विन्डोज ११ बाट हटायो एउटा लोकप्रिय फिचर

कम्प्युटरको प्रचलित अपरेटिङ्ग सिस्टम विन्डोजको निर्माता कम्पनी माइक्रोसफ्ट कर्पोरेसनले विन्डोज ११ बाट एउटा निकै नै लोकप्रिय फिचर हटाएको छ । माइक्रोसफ्टले विन्डोज ११ बाट कोर्टाना (Cortana) नाम गरिएको फिचर हटाएको जनाएको छ । कोर्टाना प्रयोगकर्ताको आवाजबाट चल्ने एउटा डिजिटल एसिस्टेन्ट हो । पछिल्लो समयमा यो निकै लोकप्रिय भएको थियो । यो फिचर विन्डोज अपरेटिङ्ग सिस्टममा निशुल्क उपलब्ध थियो ।

कोर्टाना सबैभन्दा पहिले ९ वर्ष अगाडि २०१४ मा विन्डोज मोबाइलमा लञ्च गरिएको थियो । त्यसको एक वर्ष पछि विन्डोज १० मा पनि यो फिचर दिइएको थियो ।

यदि तपाइँ साच्चिकै कोर्टानाको प्रेमी हुनुहुन्छ भने तपाइँका लागि यो विलकुलै दुःखद समाचार रहेको छ । माइक्रोसफ्ट कर्पोरेसनले एक ब्लग पोस्ट मार्फत “तपाइको कामलाइ यसले असर गर्न सक्छ” भन्दै २ वर्ष अगाडि मात्र लञ्च भएको विन्डोज ११ बाट कोर्टानालाइ हटाइएको कुरा सार्वजनिक गरेको छ ।

हामी विन्डोज र माइक्रोसफ्ट ३६५ मा केहि विशेष परिवर्तनहरू गर्दैछौं, त्यसैले कोर्टानाका प्रयोगकर्ताहरूलाइ यसले असर गर्नेछ ।

माइक्रोसफ्टले कर्पोरेसन

विन्डोजमा एक स्ट्यान्डअलोन एपको रूपमा रहेको Cortana हटाइएको छ। टिम्स मोबाइल, माइक्रोसफ्ट टिम्स डिस्प्ले र माइक्रोसफ्ट टिम्स रुममा कोर्टानाको लागि अपडेट तथा सपोर्ट २०२३ को अन्त्यदेखि समाप्त हुनेछ। आउटलुक मोबाइलमा भने कोर्टाना उपलब्ध रहनेछ ।

Click to visit Owner's page

माइक्रोसफ्टले आफ्नो ब्लग पोष्टमा विन्डोजबाट कोर्टानालाइ हटाइँदा कतिपय प्रयोगकर्ताहरूलाइ भने राम्रै हुने आशयमा जोड दिएको छ ।

प्रयोगकर्ताहरूका बिच X (पहिलेको ट्विटर) मा पनि यसका बारेका निकै बहस हुने थालेको छ ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali