३०, श्रावण, २०८०
राष्ट्रिय परीक्षा वोर्डले गत बैशाख महिनामा लिइएको कक्षा १२ काे वार्षिक परीक्षाको नतिजा आज साँझसम्ममा प्रकाशन गर्ने जनाएको छ । नतिजा प्रकाशनका लागि आज बोर्डको बैठक बस्ने सूचना प्राप्त भएको छ ।
कसरी हेर्न सकिन्छ?
राष्ट्रिय परीक्षा बोर्डले मोबाइलबाटै एस.एम.एस मार्फत पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिमकद्वारा १६०१ मा फोन गरी डाइलर मार्फत सिम्बोल नं. डायल गरी अथवा १६०० मा एस.एम.एस गरी नतिजा प्राप्त गर्न सक्ने जानकारी दिएको छ । साथै नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np बाट पनि आफ्नो ग्रेड सिट सहितको नतिजा हेर्न सकिने छ ।
एस.एम.एस.बाट नतिजा कसरी प्राप्त गर्ने?
१. आफ्नो मोबाइलको मेसेजिङ्ग एपमा जानुहोस् ।
२. मेसेज बक्समा आफ्नो सिम्बोल नं. सहित मेसेज टाइप गर्नुहोस्
नमूनाः यदि तपाइको सिम्बोल नं. १२३४५६७ हो भने मेसेज यसरी लेख्नु पर्दछः
NEB 1234567
३. उक्त नमुना अनुसार मेसेज लेखिसकेपछि १६०० मा मेसेज पठाउनुहोस् । तपाइले तुरून्तै GPA सहितको नतिजा प्राप्त गर्नुहुनेछ ।
वेबसाइट मार्फत ग्रेडसिट सहित नतिजा कसरी हेर्ने?
ग्रेडसिट सहितकाे नतिजा नेपाल टेलिकमको वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । तल दिइएको तरिकाहरू अपनाउनुहोस्ः
१. आफ्नो मोबाइल वा कम्प्युटरमा कुनै एक इन्टरनेट ब्राउजर (Chrome, Firefox, Mozilla, Opera Etc.) खोल्नुहोस् ।
२. ब्राउजरको Address Bar मा neb.ntc.net.np टाइप गरी Enter वा Go वा OK मा थिच्नुहोस् । अथवा यहाँ क्लिक गर्नुहोस् ।
३. वेबसाइट लोड भइसकेपछि आफ्नो सिम्बोल नं. र जन्ममिति प्रविष्टि गर्नुहोस् र Submit मा क्लिक गर्नुहोस् । जन्म मिति टाइप गर्दा YYYY/MM/DD को फर्मेटमा टाइप गर्नुपर्दछ । तपाइको ग्रेडसिट प्राप्त हुनेछ ।







result