मनोरञ्जनसमाचार

टिप टिप वर्षा पानीको कार्वनकपि अन्नु चौधरीको टप टप पानी

५ भाद्र

केही समय अगाडिको निकै चर्चित हिन्दि चलचित्रको गीत टिप टिप वर्षा पानीसँग मेल खाने गरी एउटा नेपाली गीत सार्वजनिक भएको छ । दिलिप ओखेडा र अन्नु चौधरीको स्वरमा रहेको उक्त गीत दिलिप ओखेडाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । दिलिप ओखेडाको प्रस्तुतीमा प्रस्तुत उक्त गीतमा दिलिप ओखेडाकै अभिनय, कोरियोग्राफी र निर्देशन रहेको छ ।

केशव बडुले कम्पोज गरेको धुनहरू पनि टिप टिप वर्षासँगै मेल खाने खालका छन् । अलिअलि फरकपन दिन खोजिएको भएता पनि शब्द, संगीत, कोरियोग्राफी पूर्णरूपमा टिप टिप वर्षा सँगै अभिप्रेरित देखिन्छ । जगत तिरूवाको शब्द रहेको उक्त गीतमा दिलिप ओखेडालाइ अहिलेकी चर्चित गायिका अन्नु चौधरीले गायनमा साथ दिएकी छिन् ।

९० को दशकमा रिलिज भएको अक्षय कुमार र रविना टन्डनको हिन्दि चलचित्र मोहरमा उदित नारायणा झा र अल्का याग्निकको स्वरमा टिप टिप वर्षा पानी कुनै समयमा निकै चर्चित बन्न सफल भएको थियो । यो गीतलाइ २०२२ मा अक्षय कुमार र कटरिना कैफको अभिनय रहेको ब्लक बुस्टर फिल्म सूर्यवंशीमा उदित नारायण र अल्का याग्निककै आवाजमा पुनः रिलिज गरिएको थियो । उक्त गीतमा पुरानो भर्सनमा रविना टन्डनको हट नृत्यले जति पारा तताएको थियो, नयाँ भर्सनको गीतमा कटरिना कैफको हट नृत्यले त्यति नै पारा तताउन सफल भएको थियो ।

उक्त ब्लकबुस्टर गीतकै हुबहु कपि गरेर नेपाली गीत रिलिज भएको छ । दिलिप ओखेडासँगै मोडल करिष्मा ठकुरीले पनि जमेरै आफ्नो हटनेस नृत्य मार्फत प्रदर्शन गर्ने कोशिस गरेकी छन् । तथापी हिन्दि फिल्मको कपीका बारेमा गीतका सर्जकहरूबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो भने आउन बाँकी नै छ ।

Click to visit Owner's page

भिडियो हेर्नुहोस्:

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali