लओ सवारि तथा यातायात अइनयाँ यस्न खालक परिबर्तनहरू भइल बाटइः बुँदागत रूपयाँ ।
सरकारेइँ तिन दसकपाछु सवारि तथा यातायात व्यवस्था अइनयाँ फेरबदल कर्लाहार तयारि कर्ल बाटइ । २०४९ सालयाँ बन्ल अइनअन्तर्गत सवारि तथा यातायात छ्येत्रक नियमन भइतिहिन अइलयाँ इख्राके फेरबदल कारिकुन लओ अइन आनिलाहाल हो।
भउतिक पूर्बाधार तथा यातायात मन्त्रालयइँ लओ अइनक मस्येउदा तयार पारिकुन राय तथा सुझावक लागि आफ्नो वेबसाइटयाँ सार्वजनिक करिसक्ल बाटइ। उसे अइनयाँ सडक सुरछ्या सइँ लिकुन जरिवाना व्यवस्थासम्मन् कडाइ कारलाहार उल्लेख कर्लबाटइ। मोटरसाइकल तथा स्कुटरयाँ चालालाहार र पछाडि बस्लाहारइँ समेत अनिवार्य रूपयाँ हेलमेट लाइपार्लाहार नियम प्रस्ताव कर्ल बाटइ।
आब लागु भइलाहार लओ व्यवस्थाहरूः
1. हेलमेट अनिवार्य – चालालाहार र पछाडि बस्लाहार मानुस दुक्टाइ नइ हेलमेट लागाइ पर्लाहार।
2. बालबालिका सुरछ्यासम्बन्धि नियम – चालालाहार मानुसक अगाडि बालबालिकाके राखिकुन चालाइके नापइर।
3. नम्बर प्लेट उल्लङ्घनक सजाय – नम्बर प्लेट नाराखिकुन चालहानेपार १०-३० हजार जरिवाना वा ६ महिना कइद।
4. दर्ता नइजेभइल सवारिक लागि जरिवाना –
- दुई/तीन पाङ्ग्रे: ५ हजार
- साना/मझौला: १५ हजार
- ठूला: ५० हजार
5. अन्य प्रयोजनमा सवारी चलाएमा जरिवाना –
- दुई/तीन पाङ्ग्रे: २ हजार
- मझौला: ३ हजार
- ठूला: ५ हजार
6. एग्रिगेटर कम्पनीका लागि जरिवाना – इजाजतबिना सञ्चालन गरेमा ५० हजार – २ लाख।
7. लाइसेन्सबिना गाडी चलाएमा जरिवाना –
- दुई/तीन पाङ्ग्रे: २ हजार
- साना/मझौला: ५ हजार
- ठूला: १० हजार
8. रूट अनुमति बिना सञ्चालन गरेमा – १० हजार जरिवाना।
9. जाँचपास नगराइ चलाएमा जरिवाना –
- दुई/तीन पाङ्ग्रे: ५ हजार
- साना/मझौला: १० हजार
- ठूला: १५ हजार
10. प्रदूषण जाँच नगरिएमा – १-५ हजारसम्म जरिवाना।
11. सवारी वर्गीकरण – बनोट, सिट संख्या, वजन, इन्धन प्रणाली आदिका आधारमा।
12. व्यावसायिक चालक अनुमतिपत्र आवश्यक – ट्राफिक उल्लङ्घन वा अपराधमा संलग्नलाई नदिइने।
13. पहिलेका सार्वजनिक सवारी चालकलाई स्वतः अनुमतिपत्र प्राप्त – तर वार्षिक स्वास्थ्य परीक्षण अनिवार्य।
14. लाइसेन्स प्राप्त गर्न न्यूनतम शिक्षा र उमेर सीमा –
- व्यावसायिक चालकका लागि कक्षा ८ पास अनिवार्य।
- ठूला सवारीका लागि २३ वर्ष, मझौला/साना सवारीका लागि २१ वर्ष।
- दुई/तीन पाङ्ग्रेका लागि १८ वर्ष।
15. लाइसेन्स नवीकरण अवधि – १० वर्ष।
16. ५ वर्षसम्म नवीकरण नगरिएमा – स्वतः रद्द हुनेछ।
17. अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र जारी गर्ने व्यवस्था।
18. रूट निर्धारण तथा सार्वजनिक सूचना प्रकाशन।
19. सवारी चालक अनुमतिपत्रको १८ क्याटेगोरी –
- ‘A’ (दुई/तीन पाङ्ग्रे), ‘AM’ (स्कुटर/मोपेड), ‘B’ (सानो सवारी), ‘D’ (ठूला बस), ‘F’ (अग्नि नियन्त्रण सवारी) आदि।
20. इम्बोस्ड नम्बर प्लेटको नयाँ प्रणाली –
- सार्वजनिक: पहेँलो प्लेट, कालो अक्षर।
- निजी: सेतो प्लेट, कालो अक्षर।
- सरकारी: सेतो प्लेट, रातो अक्षर।
- कूटनीतिक: सेतो प्लेट, निलो अक्षर।
- राष्ट्रपतिको सवारी: विशेष नम्बर प्लेट।






