समाचार

व्यास नगरपालिकाद्वारा पनि भूकम्प पिडितलाई ५ लाख सहयोग

कार्तिक १७ गते, शुक्रबारका दिन राती ११ बजेर ४९ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भुकम्प पिडितहरूका लागि सहयोग उठ्ने क्रम जारी छ ।

एस्नइ खाले अरू सामग्‌रिहरू

यसै क्रममा व्यास नगरपालिका, तनुहुँले पनि आफ्नो विपद् कोषबाट रू. ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कार्तिक २२ गते नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू एवम् कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा एक बैठक बसी उक्त निर्णय गरिएको व्यास नगरपालिकाको एक विज्ञप्ति मार्फत जनाइएको छ ।

बैठकले जाजरकोट र रूकुममा आएको भूकम्पमा परी ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो विपद् कोषबाट उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष जिवन गुरूङ्गद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यास नगरपालिका भित्र पनि भूकम्पको धक्काका कारण केहि घरहरूमा क्षति पुगेको सूचना प्राप्त हुन गएकाले सबै नगरबासी दाजुभाइहरूलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न समेत अनुरोध गरिएको छ ।

Click to visit Owner's page

एस्नइ खाले अरू सामग्‌रिहरू

एउटा प्रतिक्रिया

कस्न लाग्ल? हजरक बिचार राखिके हखाइ ।

हजुरक इमेल ठेगाना कनेपनि नादेखइ। अनिवार्‌य चाहिलाहार कुरायाँ * चिन्ह लाउल बाटइ

Back to top button
ne_drDarai