समाचार

पत्रकारलाई ज्यान मर्ने धम्कीप्रति पत्रकार महासंङ्घको ध्यानाकर्षण

कार्तिक २२, तनहुँ

एस्नइ खाले अरू सामग्‌रिहरू

अनलाइन खबर तथा पब्लिक 4K टेलिभिजनका तनहुँ सम्बाददाता सबिन लामिछानेलाई आएको ज्यान मार्ने धम्की प्रति नेपाल पत्रकार महासंङ्घ, तनहुँ शाखाको ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंङ्घ, तनहुँ शाखाका सचिव प्रताप रानाद्वारा एक प्रेस विज्ञप्ति जारी गरी उक्त ध्यानाकर्षण सार्वजनिक गरिएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, व्यास नगरपालिका, वडा नं. ६ अन्तरगत सिन्धु मार्गमा गुड्ने ग१ज ७५०५ नम्बरको सवारी साधनले क्षमता भन्दा बढि यात्रु बोकी ट्राफिक नियम उलङ्घन गरेको सम्बन्धी समाचार प्रशारण र प्रकाशन गरेको भन्दै मादक पदार्थ सेवन गरेका सवारी चालक सुजन श्रेष्ठले मंगलबार राती ८ बजे पत्रकार लामिछानेको घरमा पुगी बुवाआमालाई गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको घटनाको महासङ्घ तनहुँ घोर भर्तसना गर्दछ ।

उक्त घटनाले स्वतन्त्र प्रेसमाथि नै प्रहार गरेको महासंङ्घले उक्त विज्ञप्ति मार्फत ठहर गरेको छ । सो घटनाका बा’रेमा सत्य तथ्य छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न र पत्रकार लामिछानेको जिउ ज्यानको सुरक्षा गरिदिन समेत पत्रकार महासंघ, तनहुँ शाखाले विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

Click to visit Owner's page

एस्नइ खाले अरू सामग्‌रिहरू

कस्न लाग्ल? हजरक बिचार राखिके हखाइ ।

हजुरक इमेल ठेगाना कनेपनि नादेखइ। अनिवार्‌य चाहिलाहार कुरायाँ * चिन्ह लाउल बाटइ

Back to top button
ne_drDarai