कार्तिक २७, काठमाण्डौं
आज बसेको मन्त्री परिषदको बैठकले सामाजिक सञ्जाल मध्येको प्रख्यात भिडियो प्लेटफर्म टिकटक माथि प्रतिबन्द लगाउने निर्णय गर्यो । सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्वान्वयनमा जाने छ । टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ, मन्त्री शर्माले भन्नुभयो ।
टिकटक बन्द गर्ने सरकारको निर्णय बाहिर आउने वित्तिकै राष्ट्रिय स्वतन्तत्र पार्टीका सभापति रवि लामिछानेले पनि आफ्नो फेसबुक प्रोफाइल मार्फत विरोध जाहेर गरेका छन् । फेसबुकमा स्टाटस मार्फत उनले भनेका छन्ः समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?
सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो। सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?
– रवि लामिछाने
सामाजिक सञ्जालमा संप्रेशित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाप खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकुल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर व्युरोले टिकटक कार्यालयसँग छलफल गरेको थियो । छलफल पछि त्यस्ता सामाग्री हटाउने र त्यस्ता कार्य गर्ने व्यक्तिई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरिएको थियो तर आज बसेको क्याबिनेटको बैठकले भने टिकटक बन्द नै गर्ने निर्णय गरेको हो ।