जीवनशैलीसमाचार

भारतका यि सहरहरूमा तहल्का मच्चाउँदै नेपाली मसला ।

भारतका ठूला ठूला मसला ब्राण्डहरू पनि नेपाली मसलाकासामु निरिह भएका छन् ।

सम्बन्धित सामग्रीहरू

नेपाल आफ्नो प्रकृतिक सुन्दरताका लागि मात्र होइन, विभिन्न कच्चा मसलाका लागि पनि विश्व सामु प्रख्यात छ । नेपालबाट भारतका दिल्ली, यु.पि. समेत गरी विभिन्न सहरहरूमा मसलाहरू निर्यात हुने गर्दछ । चम्पारण सहित भारतका यस्ता कैयौं जिल्लाहरू छन् जहाँका बासिन्दाहरू केबल मसला खरिद गर्नका लागि नेपाल धाउने समेत गर्दछन् ।

भारतमा उन्नत जातका मसालहरू नभएका त होइनन्, तर मिसावट र महङ्गो हुनाले विहार सहित नेपालसँग सिमाना जोडिएको क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण भारतीयहरू नेपाली मसलामा निर्भर रहने गर्दछन् । नेपाली मसला व्यवसायीका अनुसार मसलाको व्यापार नेपालमा भन्दा बढि भारततिर नै हुने गरेको बताउँछन् ।

आदर्शनगर बजार, विरगञ्ज मसालका लागि विशेष प्रसिद्ध मानिन्छ । यहाँ विभिन्न किसिमका मसलाका कैयौं पसलहरू पाइन्छन् । यिनिहरू मध्ये पशुपति भण्डार सबैभन्दा बढि प्रसिद्ध रहेको छ । पशुपति भण्डार सञ्चालक मनोज लोहियाले विगत ३० वर्षदेखि यसको सञ्चालन गरिरहेको बताउँछन् । उनी “पशुपति मसाले”को आफ्नै ब्राण्ड नामबाट मसला बेच्दै आएका छन् । यो मसलाको विशेषता यो हो कि यसमा १८ किसिमका मसलाहरूको मिश्रण हुने गर्दछ, जसको मुल्य १ हजार १ सय ३० नेपाली रूपैयाँ पर्दछ ।

यही मसला सहित कैयौं प्रकारका मसलाहरू भारतका विभिन्न सहरहरूमा लामो समयदेखि निर्यात हुने गरेका छन् । उक्त मसला खरिद गर्नका लागि स्वयं भारतीयहरू नेपाल मैं आउने पनि गर्दछन् । यो मसलाले भारतका कैयौं नाम चलेका ब्राण्डहरूलाइ समेत पछि पार्न सफल भएको छ ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali